यो स्तम्भमा म ‘ family law ‘ को सेरो फेरोका जिज्ञासालाइ समेट्दै छु| पारिवारिक कलह, घरेलु हिंशा वा सुझ बुझ मा नै हुने डीभोर्स वा त्यसले निम्त्याउने सम्पति बाड फाड र बाल बच्चाको रेखदेख; यी सार्है पीडादायी अनि असहज काम हुन् | यस्ता कुराहरुलाई राम्रोसंग मिलान गर्न नसक्दा, कानुनी झन्झट, घरेलु हिंशा अनि नाबालक सन्तानमा पर्ने असर अझ बढ्न सक्छ |
१. अस्ट्रेलिया मा डिभोर्स गर्न के म PR या यहाको Citizen हुनु पर्छ?
पर्दैन | साधारण तया दुइ जना मध्ये एक जना अस्ट्रेलिया मा एक बर्ष बस्नु भएको छ भने पनि PR वा Citizen भैनसकेका visa holder ले पनि डिभोर्सको प्रक्रिया सुरु गर्न सक्छन |
२. डिभोर्स गर्न के श्रीमान श्रीमती दुवै जना अस्ट्रेलियामै हुनु पर्छ?
पर्दैन | PR , Citizen वा माथि भनेको झैँ अरु visa मा अस्ट्रेलियामा हुनु हुन्छ भने, तपाइको अर्को पार्टनर अर्कै देश वा नेपाल मै हुनु हुन्छ भने पनि तपाईले यहाको अदालतमा डिभोर्स का लागि निवेदन दिन सक्नु हुन्छ |
३. डिभोर्स गर्न दुवै जना राजी हुनु पर्छ ?
पर्दैन |
३. डिभोर्स गर्न अघि श्रीमान- श्रीमतीका बीचमा सम्पति बाडफाड भै सक्नु पर्छ या यो प्रक्रियाका बेला अदालतले त्यसका बारे पनि फैसला गर्छ?
साधारण तया डिभोर्सलाइ सम्पति बाड फाड भन्दा छुट्याएर काम गर्न सम्भब छ | दुबैका बिचमा समझदारी भयो भने यो संगै लग्न सम्भब छ | नत्र सम्पति बाड फाडका कुरोलाई थाती राखेर डिभोर्स को कुरो अगाडी बढाउन मिल्छ | अर्को पक्षले यो कुरा मानेन भने पनि एक ले डिभोर्स को प्रक्रिया अगाडी बढाउन सक्छ | डिभोर्स भैसके पछि भने, त्यो मिति देखिन मिलेर सम्पति बाड फाड गर्ने नत्र भने डिभोर्स भएको एक बर्ष भित्रमा यसका लागि अदालतमा निवेदन दिई सक्नु पर्छ |
४. बच्चा बच्चीको कारणले डिभोर्स मा ढिलाई या अप्ठेरो पर्छ कि?
यदि बाल बच्चा १८ बर्ष मुनिका छन् भने, डिभोर्स दिनु अघि अदालत उनीहरुको welfare मा सन्तुस्ट हुनु पर्छ तर कसले रेख देख गर्ने या श्रीमान श्रीमती मध्ये कसले राख्ने? कुन दिन या कुन समय कता या कसको मा बिताउने यस्ता बिस्तृत कुरा अदालतले डिभोर्स मात्रै को फैसलाका बेला खास हेर्दैन | यी कुरा दुइ जनाको समझदारी मै सल्ट्याउन सकिन्छ नत्र पछि पनि वकिल वा अदालतको सहयोगमा यौटा टुंगो मा पुग्न सकिन्छ |
५. के अदालतले श्रीमान श्रीमतीको डिभोर्समा कस्को गल्ती भन्ने हेर्छ ? यस कुराले आफुले पाउने सम्पति मा फरक पर्छ कि?
अन्य केहि देशमा यो कुराले माने राख्ला, अस्ट्रेलियाको हकमा यस कुराले खासै फरक पार्दैन |
६. डिभोर्स माग्न के एक बर्ष छुट्टिनु नै पर्छ या कुर्नै पर्छ? घरेलु हिंशा को हकमा यो समय कम गर्न मिल्छ कि?
यस सवाल मा कानून flexible छैन | घरेलु हिंशा कै हकमा पनि एक बर्ष छुट्टै बस्न आवश्यक पर्छ |
७. छुट्टिएर बसेको कति पछि या डिभोर्स भएको कति पछि फेरि बिवाह गर्न मिल्छ?
छुट्टै बसेको १२ महिना भए पछि डिभोर्सको लागि निवेदन हाल्न मिल्छ अनि डिभोर्स सुनुवाइको दिन (यदि अदालतले डिभोर्स दियो भने) बाट एक महिना अनि एक दिन पछि मात्र अर्को बिबाह गर्न मिल्छ | अन्यथा त्यो बिबाह गैर कानुनी मानिन्छ | This article was published in Nepalipatra Australia forthrightly Newspaper.

