यो स्तम्भमा म सडक दुर्घटना अनि यस सम्बन्धि कानुनमा रहेको क्षतिपूर्तिको (कम्पेंसेसन) व्यवस्था आदिको सेरो फेरोमा रहने आम जिज्ञासा समेट्ने प्रयास गर्दैछु | सानो या ठुलो सडक दुर्घटनामा पर्नुपक्कै पनि दुर्भाग्यपूर्ण संयोग हो | तैपनि त्यस सम्बन्धि कानुन र प्रक्रियाका बारेमा जानकार हुन जरुरि छ | यो लेख खासगरी अस्ट्रेलिया त्यसमा पनि एनएसडब्लु राज्यको यस सम्बन्धि व्यवस्थालाइआधार मानेर लेखिएको हो |
१. सडक दुर्घटनामा पर्दा, आपतकालीन फोन (०००) गर्न जरुरि छ?
जरुरि छ, यदि- चालक या यात्रु कोहि घाइते छन् र आपतकालीन उपचार को जरुरि छ; दुर्घटनाले ट्राफिक जाम् गरेको छ; दुर्घटनामा परेको मध्येको कुनै चालकले लागु औषधि या मध्यपान सेवनगरेको शंका लागेमा |
हैन भने प्रहरी र एम्बुलेन्स घटनास्थलमा बोलाउनु वा आइपुग्नु जरुरि छैन |
२. दुर्घटना स्थलमा रहदा ध्यान दिनु पर्ने कुरा हरु के के हुन्?
चालकहरुले, आफु र यात्रुहरुलाई चोट पटक लागेको छ छैन ख्याल गर्नु पर्छ | तुरुन्तै उपचार आबस्यक हुदा ००० मा फोन गरेर एम्बुलेन्स बोलाउनु पर्छ | हैन भने, अवस्था हेरेर त्यै दिन या अर्को दिनआफ्नो डाक्टरसंग उपचार गर्न सकिन्छ |
त्यस बाहेक, चालकहरुले एक आपसमा ड्राइभर लाइसेन्स र गाडीको प्लेट नम्बरको विवरण साट्नु जरुरि छ | गाडीको अझ खासगरी दुर्घटनाले असर पारेको भागको फोटो खिच्नु पर्छ | यसलेभविस्यमा हुने गाडीको र घाइतेको क्षतिपूर्ति सोध भर्नाको बखत सजिलो पर्छ |
३. क्षतिपूर्ति (कम्पेंसेसन) दाबीका लागि दुर्घटना स्थल मा प्रहरी र एम्बुलेन्स बोलाइएको हुनु पर्छ?
पर्दैन | तपाई उपचारकालागि त्यहि दिन या अरु कुनै दिन जान सक्नु हुन्छ | त्यसै गरि प्रहरी लाइ फोन गरेर दुर्घटना अनि तपाइको उपचारको जानकारी गराउन सक्नु हुन्छ |
४. घटना घटेको कति दिन भित्रमा दाबी गरि सक्नु पर्छ?
एनएसडव्लु राज्यको हकमा, साधारण तया ६ महिमा भित्रमा दाबी सहितको फर्म भरि सक्नु पर्छ | त्यस पछि पनि फर्म भर्न नसकिने त हैन, तर तपाइले के कारणले ढिलाई भएको कारण राम्रो संगखुलाउनु पर्ने छ |
५. मान्छेमा लागेको चोट र गाडी मा लागेको चोट, एकै प्रकृतिका दावी हुन् या फरक तरिकाले अगाडी बढ़छन् ?
मान्छेमा पुगेको चोटपटकका लागि एक थरिको इन्सुरेन्सले हेर्छ जसलाई सिटिपी भनिन्छ भने गाडीको लागि छुट्टै प्रकृतिको इन्सुरेन्स हुन्छ | अरु इन्सुरेन्स स्वेच्छिक भएता पनि मान्छेमा (चालक, यात्रु रपैदल यात्री) पर्ने चोट पटकका लागि गरिने इन्सुरेन्स अनिवार्य हुन्छ | यसको अर्थ, दुर्घटना मा पर्नु भो र तपाई घाइते हुनुभयो भने तपाई कम्पेंसेसन दावी गर्न, गाडी मा परेको क्षतिको कम्पेंसेसन दावीगर्दा भन्दा सुरक्षित छ |
६. कसरि थाहा हुन्छ कि मैले कम्पेंसेसन पाउछु या पाउदिन ? अनि यदि पाए भने कति जति पाउछु ?
खास गरि यसको लागि कानुनत: सबै भन्दा पहिले दुर्घटना भएको हुनु पर्यो, त्यसमा अरु कसैको लापरवाही भएको हुनु पर्यो, त्यसकै कारणले भएको दुर्घटनामा चोट पटक लागेको हुनु पर्यो |
कति क्षतिपूर्ति पाउने भन्ने कुरा तपाइको दुर्घटना पछि भएको कमाईमा परेको क्षति, भविस्यमा पर्ने क्षति, अहिलेको अनि भविस्यमा गर्नु पर्ने औषधि उपचार खर्च अनि तपाइलाई घरेलु काममा श्रीमानश्रीमती अनि साथी भाई आदिले गर्नु परेको सहयोग आदिको आधारमा भर पर्छ |
७. मलाई मुद्धा मामिला अनि अदालत भने पछि डर लाग्छ, यो दावीले झन्झट हुने हो कि ?
सबै केस अदालत पुग्दैनन | यस सम्बन्धि लगभग ९० % दावी अदालत नपुग्दै टुंगिन्छन |
८. दावी गर्न क कसले मिल्छ ?
खासगरी निर्दोष चालक, गाडीका यात्रु र पैदल यात्री आदिले यदि आफ्नो गल्ति या लापरवाही छैन भने क्षतिपूर्तिका लागि दावी गर्न सक्छन |
९. गल्ति हामी चढेकै गाडीको चालक को छ भनेनी?
त्यस्तो बेला पनि यात्रुहरुले दावी गर्न मिल्छ क्षतिपूर्तिका लागि | कार, मोटर साइकल, बस या अरु धेरै थरि सवारी साधन (खासगरी सडक विभागमा दर्ता भएका जुनसुकै सवारी साधन ) जे मा यात्रागर्नु भएको भए पनि, तपाई अर्काको गल्तीका कारण दुर्घटनामा पर्नु भयो भने तपाई क्षतिपूर्ति माग्न सक्नु हुन्छ |
१०. केहि दिन अगाडी दुर्घटनामा परेको थिए, अहिले बिस्तार घाटी, काँध, ढाड दुख्न थालेको छ | अरु केहि दिन कुरेर बस्दा ठिक हो कि ?
हैन | यो इन्सुरेन्स को व्यवस्था भनेकै दुर्घटना हुदा तपाई हाम्रो स्वास्थ अनि आम्दानीमा पर्ने असरका लागि हो | कम्तिमा डाक्टरकोमा गएर शरीरको जाच गर्न जरुरि हुन्छ, बाहिर हेर्दा झट्ट देखिनेबाहेक का पनि त असर हुन सक्छन | This article was published in Nepalipatra Australia forthrightly Newspaper.

